पटाका पड्काउँदा झापाको दमकमा एक जना बालक घाइते

काठमाडौं । पटाका पड्काउँदा झापाको दमकमा एक जना बालक घाइते भएका छन् ।

पटाका पड्काउँदा दमक नगरपालिका–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल घाइते भएका हुन् । उनको अनुहारमा पटाका लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका बालकको उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि भारतको सिलगुडी रिफर गरिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *