कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ ।
‘दिउँसो ३ बजे बैठक बस्दैछौँ । स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति के छ भनेर छलफल हुन्छ र भावी रणनीति पनि बनाउने योजना रहेको छ‚ सहमहामन्त्री परियारले भने । यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।