प्रजातन्त्र लडांईका कमाण्डर, लौह पुरुष,सर्वोच्च नेता,स्वर्गीय गणेशमान सिंहको सम्झनामा।
प्रजातन्त्र लडांईमा
लौह पुरुष धरोहर
कहिल्यै पछि नहट्ने
राजनितिमा मनोबर ।१
जेलनेल हतकडि
उनकालागि एकता
राज्यसत्ता पल्टाए
खुसि मुहार जनता।२
लौह पुरुष गणेशमान
बने जन आधार
जातित्वमा गएनन्
पारे साकार ।।३
बिबेकताथ्यो उनिमा
जनखुसि चाहाना
११० ओेैं जन्मोत्सवको
शुभकामना।४
हृदयका स्वच्छ भाव
उनमा जन ज्ञान
जनताको दुख बुझ्दा
पाए सर्वमान ।६
देश हाक्ने स्वाभिमानि
उनको ठुलो तागत
भौतिक शरीर नभएपनि
संझनाले स्वागत ।७
फुलमाला लगाएर
लानु हुन्न पारी
बहुमुल्य वाणी वचन
ठान्नहुन्न भारी ।८
भुल्नु कहिल्यै हुदैन
पार्टिलेजन आहुति
भुल्ने होकि काङ्ग्रेसले
लौह राजनिति । ९
काङ्ग्रेसमा प्रखर भए
गुरु गुण बिर्सने
युवा नेता माथि ल्याउन
किन तर्सने ।१०
गणेशमानको भावना
राज्य सत्ता भलाई
राजनितिमा बस्याहुन
सर्व पद चलाई ।११
बिपिका धार समाई
नयां सोच रचेका
अराष्टिय तत्वबाट
दल बचेका ।१२
अकन्टकहोस भाव माला
कहिल्यै नझरोस
बांचि रहुन उनका देन
कहिल्यै नमरोस
जन आस्था बुझ्याछौ
राजनितिलाई सम्हाल
सपना उनको साकार होस्
जय जय नेपाल । १३
(हाल अष्टेलिया)