बागमती प्रोस्कूनमा सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन् । संघको सम्पन्न चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा जिवसराज खड्का, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा गोविन्द्रप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन भएका छन्।

त्यसैगरी सञ्चालकहरुमा लेमन श्रेष्ठ, कृष्णगोविन्द लांखाजु, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोईराला, हेमबहादुर कार्की, भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्की चयन भएका छन् । संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा देवप्रसाद त्रिपाठी र सदस्यहरुमा कमला खनाल बोगटी र सरस्वती कतिला चयन भएकी छिन् । साधारण सभाले आगामी चार वर्षको लागि सञ्चालक समिति र लेखा समिति चयन गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *