कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्दै छन् ।

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद बारे आफ्नो असहमतिका बाबजुत पनि प्राधिकरणले काटिएका उद्योगका लाइन जोड्नुपरेपछि आफ्नो धारणा सार्बजनिक गर्न लागेका हुन् । उनले आज अपराहन्न २ बजे पत्रकार सम्मेलन गर्दैछन् । मंगलबार बसेको प्राधिकरण संचालक समितिको बैठकमा कुलमानले महसुल नतिरेसम्म काटिएको विद्युतको लाइन जोड्न नहुने पक्षमा थिए ।

तर मन्त्रिपरिषदले नै निर्णय गरेर निर्देशन दिएपछि प्राविधिक रुपमा त्यसको कार्यान्वयन नगरेमा अप्ठ्यारोमा पर्ने भएपछि निर्णयमा हस्ताक्षर गरेको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *