शिखर इन्स्योरेन्सको अर्घाखाँची र तौलिहवा शाखाद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्सको २० औं बार्षिक उत्सवको अवसरमा अर्घाखाँची र तौलिहवा शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न रक्तदानमा ५० पिन्ट रगत संकलन भएको छ । कम्पनीको २० औं बार्षिकोत्सबको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । कम्पनकिो बार्षिकउत्सवमा देशभर रहेका शाखामा विविध कार्यक्रम आयोजना भएको सन्धिखर्क शाखाका प्रमुख लक्ष्मण केसीले जनाए ।

कम्पनीले रक्तदान आयोजना गरेर रक्तदान बारे सचेतना र रगतको अभाव पुर्तिमा सहयोग पुर्याएको अर्घाखाँची अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी कृष्ण कुमालले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय व्यवसायी ,पत्रकार तथा स्थानियको सक्रिय सहभागिता थियो। ५० जना युवाबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवल पाठाइएको छ । यस्तै शिखर इन्स्योरेन्स तौलिहवा शाखाले पनि रक्तदान कार्यक्रम गरी ३० यूनिट रगत संकलन गरेको छ । सबैमा रक्तदानको महत्त्व बारे जनचेतना बद्धै गएको हुँदा ३२ यूनिट रगत संकलन गर्न सकिएको तौलहबा शाखा प्रमुख अरूण कुमार मिश्नले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *