रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।

चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो । बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे । साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो ।

८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *