नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच सम्झौता
काठमाडौं । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन्। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले कोइकाका देशीय निर्देशक मुुहन कङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताले टीकापुर अस्पतालका बिरामीहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा विशेष चिकित्सा सेवाहरू अझ प्रभावकारी रूपमा पहुँच गर्न सक्षम बनाउँदै संगठित बिरामी रेफरल प्रणाली स्थापना गरेको छ । यस प्रयासले उनीहरूको स्थानीय सुविधामा उपलब्ध नभएको अत्याधुनिक उपचार आवश्यक पर्ने बिरामीहरूका लागि स्वास्थ्य सेवा वितरणलाई उल्लेखनीय रूपमा वृद्वि गर्ने लक्ष्य राखेको छ । सम्झौताले टीकापुर अस्पतालबाट बिरामीलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा रिफर गर्ने, अत्याधुनिक हेरचाहमा द्रूत र प्रभावकारी पहुँच सुनिश्चित गर्नको लागि एक राम्रो संरचित प्रक्रिया परिभाषित गरेको छ । दुवै अस्पतालले मेडिकल टोलीहरूबीचको समन्वय सुधार गर्न र बिरामी व्यवस्थापनलाई अनुकूलन गर्न बलियो सञ्चार प्रणालीहरु विकास गर्नेछन् । यसैगरी, दुवै संस्थाका स्वास्थ्यसेवाकर्मीको विशेषज्ञतालाई सुदृढ पार्न सहयोगात्मक प्रशिक्षण कार्यशाला गोष्ठीहरू र कार्यशालाहरूको योजना सम्झौतामा समावेश छन् ।
कोइकाका देशीय निर्देशक कङले कोइकाको सहयोगमा स्थापना भएका जिल्ला स्तरका अस्पतालहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग जोड्ने योजना ग्रामीण क्षेत्रका ठूलो जनसंख्यालाई कम लागतमा गुणस्तर सेवा प्रदान गरी स्वास्थ्य संस्थाहरूको बीचमा सुमधर तालमेल स्थापित गर्न उल्लेखनीय कदम हुने बताए । यस सम्बन्धले नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ बनाउन सक्ने कङको विश्वास रहेको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले टीकापूरका गरिब तथा असाहाय बासिन्दालाई न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि यो साझेदारी महत्त्वपूर्ण कदम हुने बताए । टीकापुर अस्पतालका अध्यक्षले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग मिलेर काम गरेर हाम्रा बिरामीका लागि स्वास्थ्य सेवामा रहेको खाडललाई पुरा गर्न यो महत्त्वपूर्ण कदम भएकोमा खुसी व्यक्त गरे । विशेषगरी आर्थिक रूपमा विपन्न वर्गले यस कार्यक्रमबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।