ज्ञान हक
कालो मेघ मडारिदै गगनमा, पड्केर चम्कन्छ त्यो ।
भन्छन् यो बिजुली छ तेज त्यसमा नाश्नेछ कालान्ध त्यो ।
राख्ने ताप र राप ज्योति यसको, त्रैगुणता साथमा ।
ज्ञानी हुन्छ मनुष्य यो जगतको, सत्यार्थ त्यस्तै यहाँ ।
भित्री तेज भएर मानव सबै, ज्ञानाग्निले दन्दनी ।
बन्छन राप राप दिएर विश्वभर नै बैज्ञानिक को भनी ।
मान्छे लोक बिशारदी जमतको, मान्छे छ कुलो सबै ।
उस्को काम परोपकार हो भुवनमा छोड्दैन उस्ले कवै ।
ऐले बुद्ध र कृष्ण जीसस तथा पैगम्वरै आउलान् ।
राजा रङक समान ज्ञान संगमा देखेर ती धाउलान् ।
देउ अर्ति र बुद्धि शासन यहाँ गर्नै पर्यो भन्दछन् ।
मान्छे ज्ञान लिएर बन्दछ बडा, संसारले पुज्दछन् ।
ऐले सूर्य हिडेर ज्योतिसँगको फैलाउने लोकमा ।
भन्छन् ज्ञान त हुन्छ जोतिस मत्यै देखिन्न हेर्दा यहाँ ।
यस्को कार्य बुझेर मानिस सबै ज्ञानी छ भन्छन् अहाँ ।
हेलाँ हुन्छ मनुष्य मुर्खअरुको उल्टो छ चाला सदा ।
मान्छे हो पशु ज्ञानदीन हुन गै त्यो चारखुट्ट सम ।
हात्ति हुन्छ बडा तथापि उसको ठोक्छन् यहाँ त्योगम
पहिले सिंह बडा कुनै समयमा सानो खरायोसँग ।
हारी बुद्धि विना मर्यौ मिथकमा कस्तो कथा हो भन ।
मान्छे मर्दछ जन्म मृत्यु उसको संसारको लेखन ।
बाँच्ने कीर्ति र ज्ञान हो जगतमा संसारको सिर्जन ।
सोच्दै ज्ञान विशारदी अव बनौ पढ्दै नयाँ पुस्तक ।
आफ्नो सीप र धारणा नव बनोस् यसमा छ हाम्रो हक ।
(पुरानो बानेश्वर, नारायणगोपाल मार्ग)















