रास्वपा सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका छन् ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुनेछन् । उनले भने- ‘उहाँ सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।’ उनका अनुसार लामिछाने कास्कीको आवश्यक कानुनी कार्य सकेर काठमाडौंका लागि हिँडेका छन् ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो । यससँगै उनी स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धीको प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौंमा हाजिर हुन लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *