वामपन्थी,कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ : नेपाल

काठमाडौं । शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिइने बताएका छन् । उनले वामपन्थी, कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको उल्लेख गरे । सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविकालगायत विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिइने उनले स्पष्ट पारे ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिस्टलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको बताए । उनले विचार मिले सँगै अघि बढ्न सकिने र विचार मिल्न बाँकी रहे सहकार्य गर्न सकिने सुनाए । सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय छैन । पुनः सक्रिय बनाउन खोजिएको उनले बताए । नेपालको राजनीतिमा आफ्नो पार्टीको विशेष महत्त्व भएको उनले बताए । उनले आउँदा दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *