मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौ वार्षिक साधारण सभा पौष २८ गते सम्पन्न भएको छ । सभा थापागाँउ व्याङकेट, नयाँबानेश्वर, काठमान्डौंमा सम्पन्न भएको हो । साधारण सभाबाट आ.व. २०८०।०८१ को लागि प्रस्तावित ६।३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । त्यसैगरी सभाले फाइनान्सको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट तीन जना यादव अधिकारी, रामहरी शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट एक सतिश गौतम गरि चार जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्बिरोध निर्वाचित भएका छन । यस्तै, वत्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालयलाई का.जि. का.म.न.पा. वडा नं. १० बाट ठाउँसारी गरी का.जि. का.म.न.पा. वडा नं. ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रवन्ध पत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पनि सभाले पारित गरेको छ। मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्त सम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।