यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । यशोदा फुड्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि शाहलाई नियुक्त गरेको जनाएको छ । शाहको लामो व्यवसायिक अनुभव छ । उनले यसअगाडि केडिया ग्रुपमा ७ वर्ष र चौधरी ग्रुपमा २४ वर्ष काम गरिसकेका छन् ।

उत्पादन, इन्जिनियरिङ, प्राजेक्ट मेनेजमेन्ट, सेल्स तथा मार्केटिङमा उनको अनुभव रहेको छ । यशोदा फुड्सका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशसँगै यशोदाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिस्तार हुने विश्वास व्यक्त गरे । कम्पनीले भारत, अमेरिका, युरोप, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ । कम्पनीले करेन्ट चाउचाउ, चिजबल्स र चिप्सलगायतका खाद्यवस्तु उत्पादन गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *