ओली सरकारले जनतालाई आशा जगाउने के काम गर्यो-अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन् । उनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गरे । उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताए । उनले सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन रु भन्दै सरकारलाई प्रश्न गरे । अध्यक्ष लिङदेनले काँग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताए । उनले सरकारले नियमित कुरालाई पनि उपलब्धी देखाएको बताए । उनले सरकारले सुशासनको क्षेत्रमा कुनैपनि काम गर्न नसकेको उल्लेख गरे । उनले निरासा जनतलाई आशा जगाउन समेत सरकारले नसकेको बताए । उनले मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभइ नेपाली जनता बेचेर आएको दाबी गरे । उनले सरकारले रेमिट्यान्स मार्फत आएको पैसा समेत खर्च गर्न नसकेको उल्लेख गरे । लिङदेनले साढे ६ महिनाको अवधिमा वर्तमान सरकारले दुई ठूला पार्टी मिलेर बनेको सरकारको आफुहरुले विरोध मात्रै नगरी अपेक्षा समेत गरेको बताए ।
यस अवधिमा सरकारले जनतामा आशा जगाउने काम गर्न नसकेको उनले बताए । उनले भने,‘यो सरकारले निराश जनतामा आशा जगाउने के काम गर्यो ? ’ ।