शुभकामना साकोसको “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न
भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा आज शनिवार मुख्य कार्यालय सूर्यविनायकमा “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न भएको थियो । कार्यक्रममा स्ट्रोक सम्बन्धी बरिष्ठ डक्टर न्युरो सर्जन नरेन्द« सालिकेबाट सहजीकरण भएको थियो । उहाँले स्ट्रोक के हो ? कसरी हुन्छ ? यसको लक्षण र रोकथाम तथा उपचार बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
हाल यस रोग सम्बन्धीका बिरामीहरु बढ्दै गइरहेको हुनाले यस सम्बन्धी जानकारी लिई समयमै रोकथाम गर्नका लागि विशेष जोड दिनुभयो । शिक्षा उपसमिति संयोजक सृजना कोजूले उपस्थित सबैलाई स्वागत गर्नुहुँदै आजको कार्यक्रम आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्नुभयो । संस्थाका सचिव पुष्पलाल तिमिलाले शुभकामना साकोसको संक्षिप्त परीचय दिनुहुँदै यस संस्थाले सदस्यहरुसँग वित्तिय कारोबारका साथसाथै सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको र यसै अनुरुप सदस्यहरुको स्वास्थ्य सम्बन्धी शिविर तथा सचेतना कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउनु भयो ।
मन्तव्य कै क्रममा संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले शुभकामना साकोस सबल हुनुका राम्रो पक्षहरुको बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका प्रबन्धक रेश्मी श्रेष्ठले संचालन गरेका सो कार्यक्रममा उपस्थिति सबै सदस्यहरुले आजको कार्यक्रम उपलब्धिमूलक रहेको बताउँदै छलफल कार्यक्रममा सक्रिय सहभागिता जनाउनु भएको थियो ।