सभामुख घिमिरेले अध्यादेशबारे दलका सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले अध्यादेशका विषयमा छलफल गर्न दलका सचेतकहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज दिउँसो ३ बजेका लागि प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । अध्यादेशलाई लिएर विरोध भइरहेका बेला घिमिरेले यसबारे प्रमुख दलका मुख्य सचेतकहरूसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *