एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

काठमाडौं । पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपमा सडन डेथमा न्युरोड टिम (एनआरटी) विरुद्ध जित निकाल्दै चर्च ब्वाइज युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा भएको खेलमा एनआरटीले पहिलो हाफमै अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । खेलको २५औँ मिनेटमा रिचर्ड विल्सनको गोलमा एनआरटीले अग्रता बनाएको थियो । तर, ६३औँ मिनेटमा नवीन लामाले पेनाल्टीमा गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए ।

यसपछि अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा दुवै टिमका समान नौ खेलाडीले प्रहार गरेका थिए । पेनाल्टीमा एनआरटीका पाँच खेलाडीले गोल गर्दा चर्च ब्वाइजका ६ खेलाडीले गोल गरे । चर्च ब्वाइजले अब प्रतियोगिताको सेमिफाइनल प्रवेशका निम्ति विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *