वैकल्पिक शक्ति भन्नेले दोषी,निर्दोषीको परिभाषा नै बदलेको जस्तो छ : शंकर पोख्रेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले चार वटै अदालतले रवि लामिछानेलाई निर्दोष मान्न सकिएन भनेको र सबै अदालतले आधा करोडभन्दा माथिको धरौटी राख्न लगाएको भएपनि रास्वपाले खुलेआम रवि निर्दोष भनेकोमा व्यंग्य कसेका छन् । उनले अहिले रास्वपाका नेता तथा कार्यकर्ताहरुको कुरा सन्दा त ‘वैकल्पिक शक्ति भन्नेले दोषी÷निर्दोषीको परिभाषा नै बदलेका जस्तो’ देखिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा पोख्रेलले लेखेका छन्– ४÷४ वटै अदालतले रविलाई निर्दोस मान्न सकिएन भने ।अनि सबै अदालतले आधा करोड भन्दा माथिको धरौटी राख्न लगाए । तर पनि उनको पार्टीले खुलेआम भन्दैछ ‘रवि निर्दोस छन्। उनलाई फसाउने षडयन्त्र भयो।’ उनीहरुको कुरा सुन्दा त वैकल्पिक शक्ति भन्नेले दोषीरनिर्दोषीको परिभाषा नै बदलेको जस्तो छ ।