सिभिल सहकारीका बचतकर्तालाई बचत फिर्ताको माग गर्न समितिले थप्यो १५ दिनको समय
काठमाण्डौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका बचतकर्ताहरुका लागि बचत फिर्ताको मागदावी गर्न समय थप गरिएको छ । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगर्त गठित समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले थप १५ दिन अनलाईनबाट बचत फिर्ताको मागदाबी आवेदन पेश गर्ने समय थप गरेको हो । व्यवस्थापन समितिले हिजो दोस्रो पटक सूचना प्रकाशन गरेर संस्थाका बचतकर्ता, संस्था वा संघका सदस्य तथा साहुहरुलाई आगामी १५ दिन भित्र मागदाबी पेश गर्न आह्वान गरेको हो ।
समितिले यसअघि जारी गरेको ३५ दिने सूचना अुनसार मागदाबी पेश गर्न छुट भएका बचतकर्ता, संघ वा संस्थाका सदस्य तथा साहुहरुलाई पुनः अनलाईन मागदाबी पेश गर्ने अवसर प्रदान गरेको जनाएको छ । बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित उक्त संस्थाको सोही ऐनको दफा ८२ बमोजिम सम्पत्ति तथा दायित्वको जिम्मा समितिले लिएको छ । बागमती सरकारले उक्त संस्थालाई पहिलो पटक समस्याग्रस्त घोषणा गरेको थियो । घर जग्गा व्यवसायी इच्छराज तामाङले संस्थाको बचत आफ्नो नीजि स्वार्थको लागि प्रयोग गरी सदस्यको १५ अर्ब भन्दा बढी बचत दुरुपयोग गरेको हुन सक्ने समितिको ठहर छ ।
![](https://satyagrahaonline.com/wp-content/uploads/2025/02/cc-1024x923.jpg)