साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको साँखुस्थित सलम्बुटारमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक बनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् । प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको छ ।