देउवा निवासमा संस्थापन पक्षका नेताहरुको बैठक
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् ।
उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ । बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाशशरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।