एमाले सरकार ,कांग्रेसको आधार
२०४६ सालको जन
आन्दोलन बिभिन्न
संयुक्त दलहरु मिलि
एउटै रुपमा संचालन
गरि जनतालाई २०४६
सफल तुल्याईएकोमा
जनताहरु खुसि हुनु
स्वभाबिकै थियो ।
पंचायति तानाशाहिको
रबैयालाई ढलाएको र
राज्य व्यवस्था अब
जनतामा
निहित हुन्छ भन्ने
जनताले
बलिदान गरेका प्रति
शहिदलाई संझेर
जे जस्तो आशा जनताले
राखेका थिए आज ३५
बर्ष पूरा हुदां नेता वाहेक
जनता खुसि हुने न्याय नै
अनुभव गर्ने अवसर पाएका
छैनन ।
२०४६ को बहुदल
पछि सरकार गठनका
लागि राजावाट आह्वान
सवैदलको एउटै खाकाले
५ जना भन्दा बढि सरकार
मा नजाने घोषणा पत्र
आएको थियो ।
त्यसमा जनता हर्षित
हुनु स्वभावनै थियो ।
समयानुसार राज्य
सत्ता बदलि रहेको
अनुभव हामि सवैमा
ताजा नै गढि रहेको
छ ।
यता २०५२ सालदेखि
देशमा माओवादी उदय
भएर राज्यले अर्कै मोड
लिई २०६२,०६३ मा
सबैदलवाट माओवादिलाई
पनि एकताको शुत्रमा बाँधिं
प्रचण्डको नेतृत्वमा
सरकार गठन भयो
तर राज्यका अलाैकिक
र्दष्का शक्तिले प्रचण्डलाई
सरकारमा टिक्न दिएनन।
बाध्यतापूर्वक उनले सरकार
छोड्नु पर्यो ।
हरेक पलमा जनताका
दैनिक गुजाराकालागि
रोजगारि हौस् भनी
जनताका सपना पूरा
हुनुको सट्टा देशमा
भएका कल कारखाना
समेत बिलयन गराए।
जनता निकै नैरास्यमा
गए ।
यता नेता आफना
मान्छेदेखि भान्से सम्मको
हेर बिचार गर्नमा अघि
सरेको जनताले प्रत्यक्ष
देख्दै गए र जनताले
धिक्कार रहेछ
प्रजातन्त्र लोकतन्त्र
र गणतन्त्र हामी गरीब
कालागि
केहि भएन भनी हरपल
भाव सुन्दै आयौं ।

यता शिक्षित तथा
बिना रोजगारीका
युवाहरु आफ्नो
मातृभुमि छोडेर
बिदेशमा
रोजगारी गर्न जान
सरकारले बाध्य
तुल्यायो।अहिलेको
अवस्थामा गाउं
घरमा बुढा भएका
बा आमा देखि कोहि
छैनन । कति रुन्छन।
सहारा बिहिनछन ।
भन्छन हामिलाई
पाल्ने हाम्रो छोरा
झिकाई देउ ।
यो सरकारलाई धेरै
धिक्कार छन् ।
पच्न नसक्ने अबाच्य
शव्दहरुले सरकारलाई
गालि गर्छन ।
यो कुरा सरकारका
नेतृत्वगणले जिम्मा
लिनु पर्छ कि पर्दैन ?
आम जनताको
यहि प्रश्न दोहोरी
रहन्छ ।
यता बा आमाले
सरापेका छन भने
उता बिदेशमा रहेका
युवाले झन उग्ररुप
लिएका छन् ।
किनकि मलाई
बिदेश घुम्ने सौभाग्य
मिलेकोले करीव
४ महिनाको बसाईमा
धेरै नेपाली दाजु
भाईसगँ मेलमिलाप
गर्ने अवसर पाएं ।
तर उहि हो तीन दल
माओवादि,एमाले र
काङ्ग्रेसलाई
युवाहरुले रोएर भनेका
बचन सुन्दा धेरै चित्त
कुडिंने अवस्था रह्यो ।
देशमा आमूल परीबर्तन
गर्न नसकेता पनि
शिष्ठताले
परिबर्तन हुनु पर्दछ भन्ने
सबै जनताको भनाई
रहेका छ ।
यस बिषयमा राज्य
सत्ताधारीहरुबाट ठोस
कदम चाल्न
आबश्यक रहेको छ ।
अहिले नेपाली काङ्ग्रेस
र एमालेले
देश हांकिं रहेका छन्।
ठुला दुईदल मिलेर
यसरी देश
हाँक्नु अति शोभनिय
हो ।
तर जनता प्रति कति
उत्तरदायित्व भएर
बिकास निर्माण
भएको छ त्यसमा
दुईदलका
नेताहरु आफैले जानि
रहेको होलान ।
राज्य सञ्चालन गर्न
कठिन होला ,जनताका
बाचा पूरा कसरी गर्ने
भन्ने बुझे कै भएर नै
ठुला दल मिलेर
साना दललाई
पन्छाईएकोले अब
जनताले अनुभूति
हुने सेवाभाव आउँछ
भन्ने आशा रहेको
थियो । यसमा जनताले
आगामि चुनाव सोचि
रहेका छन् ।
अब नेपाली काङ्ग्रेसले
हाम्रो होईन राम्रोलाई
लगाम दिदै जानु सहज
हुनेछ । नेपाली काङ्ग्रेस
उच्च पार्टि र बलियो धेरै
सिट जनताले दिएर
पठाएकोमा राष्टिय
हितकालागि एमालेलाई
साथ दिएर जसरी अगाडि
बढी रहेने छ त्यसरि नै
जनताकालागि अनुभूति हुने
कार्य नभएको निस्कर्ष
सवैले व्यक्त गरि रहेका
छन ।
यसरी एमाले सरकार
काङ्ग्रेस आधार मात्र
हुने हो भने आगामि
२०८४ को चुनावमा
जनताले अपवाद
फैलाउने छन् भन्ने मैले
व्यापक जनगुनासा
सुनको छु ।यहांहरुले
पनि सुनी रहेकै होला ।
अब नेपाली काङ्ग्रेस
सहि दिशा, सहि कदम
सहि आधार , सहि
नेतृत्व आफनो पार्टीमा
नहुने हो भने भोलिका
दिनमा एमनले अग्रज
बनी आउँछ कुन
वरियातमा रहन
सक्छ
ठेगान नहुने हुदां
यस प्रति उच्च
नेताहरुको बिचार
मनन हुन जरुर
ठान्दछु ।
नेपाली काङ्ग्रेले
एमालेसङ्ग कुनै
पनि साठं गांठ गर्नु
पर्नें छैन ।
अब आजैदेखि ,अहिले
देखि जनताका घरदैलो
गरेर गल्ति भएका कुरामा
माफ मागि अब गल्ति नगर्ने
जनता प्रति नेपाली
काङ्ग्रेस उत्तर दायित्व भई
कार्य गर्नेछ भनि घरदैलो
गर्नकालागि समेत म बिनम्रका
साथ अनुरोध गर्दछु ।
अबका दिनमा
मत मतान्तरवाट
जोगिनु पर्ने नेपाली
काङ्ग्रेसको मुल जड
भएकोले सबैका लागि
सधैंकालागि जय नेपालको
नारा घन्कियोस् ।
काङ्ग्रेस बलियो भई
अग्रगामि बाटो रोजि
राज्य प्रति बफादारी
नयाँ सोचले अघि
बढोस् शुभ काममा
जय नेपाल, जय नेपाल ।।