नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस अघि मंगलबार सुन तोलाको एक लाख ६९ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *