प्रधानमन्त्री ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’ फुटबल प्रतियोगिता उद्घाटन

काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ ।

आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो ।
समारोहमा पचास पाउन्डको केक काटिएको थियो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रम शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको थियो ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *