युक्रेन–रुस युद्धमा संयुक्त राष्ट्रसंघको प्रस्तावमा रुसलाई अमेरिकाको समर्थन

काठमाडौं । संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुने समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको छ । प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको छ । ६५ देशले मतदानमा भाग लिएनन् । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलोपटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देश छन् । अमेरिका, इजरायल र हंगेरीसँगै रुसले यो प्रस्तावको विपक्षमा मतदान गरे । यो प्रस्ताव युक्रेनसँगको रूसको युद्धको तीन वर्ष पूरा भएको दिन आएको हो । संयुक्त राष्ट्रसंघमा यस प्रस्तावमाथि भएको मतदानमा भारत र चीनले भाग लिएनन् । बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *