महाशिवरात्रिमा सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे

काठमाडौं । यस वर्ष महाशिवरात्रिको अवसरमा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार बिहानदेखि साँझसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए । आधिकारिकरूपमा कति जनाले दर्शन गरे भन्ने कुरा प्रचारप्रसार समितिले भोलिमात्रै सार्वजनिक गर्छ । अहिलेसम्मको तथ्यांकलाई हेर्दा करिब सात लाख भक्तजनले पशुपतिनाथको दर्शन गरे । कोषका प्रवक्ता रेवती रमण अधिकारीले दर्शनार्थीले भोलि बिहानसम्मै पशुपतिनाथको दर्शन गर्न पाउने बताए ।
विशेष पूजा
जोशीका अनुसार, बुधबार साँझ ७ बजेदेखि विशेष पूजा हुँदै छ । विशेष पूजा २०० जनाले मात्रै गर्न पाउनेछन् । पहिलो प्रहर ७ बजेदेखि सुरु हुँदै छ । दोस्रो प्रहर ९ बजे, तेस्रो प्रहर १२ बजे र चौथो प्रहर ३ बजे विशेष पूजा हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *