ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा सुदृढ गर्न प्रेरणा मिल्ने छ- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात् गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको छु,”

उनले ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात् गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *