म पनि सभापतिको उम्मेदवार हुँ- प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पार्टी सभापतिको लागि उम्मेदवार रहेको बताएका छन् ।

आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पार्टी सभापतिका लागि आफुले पनि उम्मेदवारी दिने बताएका हुन् । ‘जुन पदमा छु त्यो भन्दा तल जान म तयार छैन । नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ,’ उनले भने, ‘यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ ।’ साथै पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको पनि उनले बताए ।

‘आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ,’ उनले भने– ‘सभापति पदका लागि विभिन्न नेताहरूले दाबी छ । म पनि सभापतिको उम्मेदवार हुँ ’ उनले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *