फोनपेको ‘सक्षम नारी’ अभियान सुरू
काठमाण्डौं । फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको शुभारम्भ गरेको छ। जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित छ। यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्त्वपूर्ण रहेको छ र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवाहरूमार्फत महिलाहरूलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ। ‘सक्षम नारी’ अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु हो।
यस अभियानले महिलाहरूलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ। साथै, महिलाहरुलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ। यस अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइने छन्। महिला प्रयोगकर्ताहरूलाई यस डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ यो अभियान मार्च ३१ सम्म चल्नेछ। यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरूले हाम्रो पार्टनर बैंकहरको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवाहरू न्यूनतम ३ पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ।