सन्दीप लामिछानेले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट नखेल्ने

काठमाडौँ । स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नखेल्ने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन् ।

बागमती प्रदेशले हिजो नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो । गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए ।

सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन् । उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *