नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार रुपैयाँ कायम भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *