२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ, व्यक्ति सार्वजनिक

काठमाडौँ । करिब २५ करोड विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए ।

भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

उनीमाथि थप अनुसन्धान जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *