सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

पछिल्लो समय दिन दिनै बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । आज आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *