सहकारी दिवसमा श्री बज्रवाराही साकोसद्वारा ‘स्लो मोटरसाइकल रेस’ आयोजना

मकवानपुरको थाहा नगरपालिका बज्रवाराहीमा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ट्राफिक सचेतना तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले सहकारी दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । स्थानीय बाराही चौरमा हुने सो स्लो मोटरसाइकल रेस प्रतियोगितामा सदस्यहरुलाई निःशुल्क भाग लिन पाउने व्यवस्था मिलाइएको संस्थाका व्यवस्थापक रञ्जित अर्यालले जानकारी दिए ।

शेयर सदस्य बाहेकको हकमा भने सदस्य बन्न योग्य तथा ईच्छुक व्यक्तिहरुलाई सदस्यता शुल्क पूर्ण छुट गरी १०० रुपैयाको शेयर र १०० रुपैयाको मासिक बचत जम्मा गरी सदस्य बनाउने उनले जनाए । सदस्य बनेकाहरुलाई प्रतियोगितामा निःशुल्क सहभागी गराइने उनको भनाई छ । सदस्य बन्न नचाहनेले भने १०० रुपैया शुल्क तिरेर प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई रू ५,०००, द्वितीयलाई रू ३,००० र तृतीय हुनेलाई रू २,००० नगदका साथै प्रमाण पत्र प्रदान गरिने व्यवस्थापक अर्यालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *