अध्यक्ष सहितका नेताहरु पक्राउ परेपछि राप्रपा आन्दोलन आजलाई सम्पन्न
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदरबार परिसरबाटै पक्राउ परेपछि राप्रपाको आन्दोलन आजलाई सम्पन्न भएको छ ।
आन्दोलन समापन भएसँगै राप्रपाले आकस्मिक वैठक आह्वान गरेको छ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै आजै बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही र बुद्धिमान तामाङ्ले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेका थिए, सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।
सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।