इसेवाको ‘झ्याप्पै ट्रान्सफर च्याप्पै बोनस’ अफर , १ लाख जित्ने मौका
काठमाडौं । इसेवाले नयाँ अफर सार्वजनिक गरेको छ । ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ नाम दिइएको यो अफर २०८२ साल वैशाख १० गतेदेखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफर अवधिभर इसेवाबाट बैंक वा सहकारी संस्थामा रकम ट्रान्सफर गर्ने हरेक प्रयोगकर्ता पुरस्कारका लागि स्वतः योग्य हुनेछन् । हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँ बोनस जित्ने मौका पाउने छन् भने एक जनाले १ लाख रुपैयाँको बम्पर बोनस जित्ने अवसर पाउने छन् ।
बैंक ट्रान्सफरका लागि क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गर्न सकिनेछ । त्यसैगरी सहकारीमा रकम डिपोजिट गर्न पनि यस्तै विधि अपनाउन सकिनेछ । हाल इसेवामा देशभरका सबै प्रमुख बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यसले प्रयोगकर्ताहरूलाई अनलाइन, मोबाइल बैंकिङ तथा एजेन्टमार्फत रकम लोड गर्न सजिलो बनाएको छ । डिजिटल कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउँदै आएको इसेवाले यो नयाँ अफरमार्फत प्रयोगकर्तालाई थप आकर्षित गर्ने र डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने लक्ष्य लिएको जनाएको छ ।