आज सुनको मूल्य तोलामा ७०० ले घट्यो
काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ ।
मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको सुन आज एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार चाँदी एक हजार ९७० मा कारोबार भएको थियो ।