श्रमिकका हकहितका नारासहित जिफन्टले मनायो काठमाडौंमा श्रमिक दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले काठमाडौंमा विशेष कार्यक्रमसहित दिवस मनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका कमिटीहरूको सहभागितामा आयोजित कार्यक्रममा महिलाको श्रमको सम्मान गर, संरचनात्मक विभेदविरुद्ध प्रतिकार,श्रमिक महिलाहरूको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताु जस्ता सन्देश बोकेका प्लेकार्डहरू प्रदर्शन गरिए।

हरेक वर्ष मे १ तारिखमा मनाइने श्रमिक दिवस नेपालमा पनि सार्वजनिक बिदाका रूपमा मनाइन्छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा सुरु भएको ‘आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन’ नारासहितको आन्दोलनको सम्झनामा यो दिवस विश्वभर मनाउने गरिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *