महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको सुरुवात

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकलाई मासिक किस्ता (ईएमआई)मा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । बाइ ह्वाट यु लभ, पे हाउ यु लाइक’भन्ने योजनामा ग्राहकले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखि १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् ।

नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले आफूले खरिद गरेको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिने र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआई प्रोसेसिङ शुल्क नलिने जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *