प्रधानमन्त्री ओली अस्वस्थका कारण प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रम स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठक समेत स्थगित भएको जानकारी दिएको थियो ।