३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाण्डौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्।
यसको साँवा तथा ब्याज भुक्तानी आगामी १ असारमा हुनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क, ‘ख र ‘ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।