ट्रेड टावरको आइपीओमा २ अर्ब रुपैयाँभन्दा बढि संकलन

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ५ करोड ६८ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा १७ लाख २० हजार ३४३ जनाले २ करोड ५ लाख ६८ हजार ८० कित्ताको लागि आवेदन दिएका हुन् । कम्पनी जेठ १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्याएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । ट्रेड टावरको आइपीओमा सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *