जीवन बीमा नवीकरणमा इसेवाको अफर
काठमाण्डौं । इसेवाले जीवन बीमा नवीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ उपहार योजना सार्वजनिक गरेको छ। अब इसेवाबाट जीवन बीमा नवीकरण गर्दा एक भाग्यशाली प्रयोगकर्ताले नगद ५०,हजार जित्ने अवसर पाउनेछन्। जीवन बीमा नवीकरणमा सजिलो पहुँच र प्रोत्साहन प्रदान गर्नका लागि शुरु गरिएको यो अफर जेठ १५ देखि असार ३२ गतेसम्म लागू हुनेछ। यस अवधिमा इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वचालित रूपमा यो योजनाको लागि योग्य मानिने छन्। कम्पनीका अनुसार, १४ वटा जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीधनी, बीमा एजेन्ट तथा शाखालाई पनि विशेष उपहार प्रदान गरिनेछ।
डिजिटल भुक्तानी प्रणालीको उपयोग गर्दै जीवन बीमाको नियमितता कायम राख्नका लागि यहि अफरले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। इसेवाले दिएको जानकारी अनुसार, अनलाइनमार्फत बीमा नवीकरण गर्दा प्रयोगकर्तालाई कार्यालय धाउने झन्झटबाट मुक्ति मिल्नुका साथै सजिलै, छिटो र सुरक्षित रूपमा सेवा लिन सकिनेछ। यो योजना डिजिटल भुक्तानी र बीमा सचेतनालाई एकैपटक प्रवर्द्धन गर्ने कम्पनीको रणनीति अन्तर्गत ल्याइएको हो। इसेवाले सबै प्रयोगकर्तालाई समयमै जीवन बीमा नवीकरण गर्न र पुरस्कार जित्ने यो अवसर सदुपयोग गर्न आग्रह गरेको छ। अफरबारे थप जानकारी इसेवा एप र वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।