डोटी भूकम्पमा परेका मृतकका परिवारलाई जनही एक लाख २० हजार दिने


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ ।
भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ । गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ । प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *