गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने


काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *