बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधि रोक्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरेर अवाञ्छिथ गतिविधि फैलाउनेलाई रोक्न परिपत्र जारी गरेको छ । शुक्रबार मन्त्रालयले ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएर गृहले बैंकका शाखाको सुरक्षामा खलल पार्ने तथा आन्दोलनको नाममा शान्ति सुरक्षा हनन गर्ने क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसलाई रोक्न परिपत्र जारी गरेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीविरुद्ध संगठित रूपमा नै आन्दोलन हुन थालेको छ । बैंकर्स संघको टोलीले गृहसचिव तथा प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द बस्नेतले बैंकविरुद्धको आन्दोलनका नाममा अवाञ्छित गतिविधि बढ्न थालेको देखेपछि त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए । झापाका विवादित व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले बैंकविरुद्धको आन्दोलन गर्ने, कालोमोसो समेत दल्ने धम्की दिएको छ । साथै आफै बैंकबाट सबैभन्दा बढी श्रmण लिने आफै मास उचाल्ने काम गरेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गराउने अभियानसमेत चलेको छ । पछिल्ला क्रियाकलापले बैंकका कर्मचारी डराउनुपर्ने स्थिति आएको छ ।
















