एमालेले ७० वर्षे उमेरहद हटाउँदै


काठमाडौं । नेकपा (एमाले) ले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा (एकीकृत समाजवादी)बाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइएको छ । गएको शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एक पदाधिकारीले जानकारी दिए । सचिवालय बैठकमा मुकुन्द न्यौपानेको हकमा उठेको हो । उहाँ ७० वर्ष नाघ्नुभएको छ । उहाँलाई एकता प्रक्रियाबाट ल्यायौँ । कमिटीमा राख्नुपर्ने भएकाले बाधा अड्काउ फुकाउ गरिएको हो, यसलाई विधानमा महाधिवेशनमा लैजाने निर्णय भएको छ । नवौँ महाधिवेशनपछि एमालेमा ७० वर्षे उमेर हद राखिएको थियो । ७० वर्षे उमेरहद हटाए एमाले प्रवेश गर्ने नेकपा (एकता राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतमले पनि बताउँदै आएका छन् । ७० वर्षे प्रावधान नहटाउँदा अर्कोपटकको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अरू नेतालाई अप्ठ्यारो पर्नेछ ।‍

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *