मेयर बालेनको ब्रसेल्स भ्रमण स्वीकृत

काठमाडौं । आज (बुधबार) बिहान मन्त्रिपरिष्द्को बैठक बसेको छ । बैठकले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान स्वीकृत दिने निर्णय समेत गरेको छ । यस्तै, बैठकले कालीमाटी तरकारी बजारको अध्यक्षमा सहसचिव मदन भुजेल नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *