गृहमन्त्री श्रेष्ठ : जोसुकै संलग्न भेटिएपनि कारबाही रोकिदैन, कसलाई पक्रिने नपक्रिने सोध्नुपर्दैन

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।
श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा सरकार निर्भिकतापूर्वक अघि बढ्ने समेत बताएका हुन । श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताएका हुन् ।

‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री श्रेष्ठले भने, ‘तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’ उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी र त्रित्राल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *