भायानेटको नवीकरण अफर
काठमाडौं । भायानेट कम्यूनिकेसन लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ । यस अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो अफर असार अन्तिमसम्म उपलब्ध रहेको छ । नवीकरण अफरले विशेष गरेर भायानेटको ग्राहक सन्तुष्टि र ग्राहकप्रतिको उत्तरदायित्व निर्वाहको लागि अफर ल्याएको कम्पनीले जनाएको छ ।














